नेपालमा आयो डुअल च्यानल रोयल इनफिल्ड, कति छ मूल्य ?


 


काठमाडौं, मंसिर ३०
डुअल च्यानल एबिएससहित बिएस आई भी रोयल इन्फिल्डले क्लासिक ३५० सिसी मोटरसाइकल नेपाली बजारमा भित्र्याएको छ । रोयल इन्फिल्डको नेपालको लागि आधिकारिक वितरक विवेक अटोमोबाइल्सले उक्त बाइक नेपाली बजारमा भित्र्याएको हो ।

यस मोटरसाइकलमा फ्यूल इन्डिकेटर, हेडलाइट केसिङ, डुअल डिस्क ब्रेक, एट्जस्ट फिन्स, ओभल टुल बक्स, स्पिडोमिटर डायल, सिङ्गल सिट स्प्रिङ, स्याडल टेल लाइट एसेम्ब्ली, हेडलाइट क्याप समावेश गरिएको छ ।

डुअल च्यानल एबिएसको कारण टुरिङ्ग, दैनिक राइडिङ्गका लागि सुरक्षित भैरहेको रोयल इन्फिल्ड झन् सुरक्षित हुने कम्पनीको विश्वास छ । रोयल इनफिल्ड क्लासिक ३५० को विशेष मूल्य ६ लाख रुपैयाँ तोकिएको छ ।

यद्यपी यो मूल्य केही समयका लागि मात्रै भएको कम्पनीको भनाइ छ । विवेक अटोमोबाइल्स प्रालीले आफ्ना १९ वटा शाखा एवं डिलहरुमार्फत यो मोटरसाइकल विक्री वितरण शुरु गरेको छ ।

प्रकाशित मिति: ३० मंसिर २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्