तीनवटा रियर क्यामेरा सहित वानप्लस सेभेन टी सार्वजनिक




काठमाडौं, पुस ८
नेपाली बजारमा वानप्लस सेभेन टी सार्वजनिक भएको छ । तीनवटा रियर क्यामेरा सहित वानप्लस सेभेन टी नेपालमा सार्वजनिक गरिएको हो । ६.५५ इन्चको फुल एचडीप्लस डिस्प्ले रहेको यस फोनमा स्न्यापड्रयागन ८५५ प्लस चिपसेट प्रयोग गरिएको छ ।

८ जीबी र्याम रहेको वानप्लस सेभेम टीमा १२८ जीबि स्टोरेज रहेको छ । यसमा ४८ एमपी, १६ एमपी र १२ एमपीका तीनवटा रियर क्यामेरा रहेको छ । यसमा १६ मेगापिक्सेल सेल्फी क्यामेरा सहित फिगंरप्रिन्टको पनि सुविधा छ ।

१९० ग्राम तौल भएको यस वानप्लसमा ३८ सय एमएएचको ब्याट्री जडान गरिएको छ । नेपाली बजारमा वानप्लस सेभेन टीको मूल्य ६७ हजार रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News