चीनमा क्रिसमस मनाउन प्रतिबन्ध



काठमाडौं, पुस ९
चीनका चारवटा सहर र एक काउन्टीमा अधिकारीहरुले क्रिसमस मनाउन प्रतिबन्ध लगाएका छन् । अधिकारीहरुले सर्वसाधारणलाई क्रिसमस नमनाउन र पसलेलाई क्रिसमस सम्बन्धि सामाग्री बिक्री वितरण नगर्न समेत निर्देशन दिएका छन।

क्रिसमसलाई राष्ट्रपति सी चीनफिङको धर्म र विदेशी संस्कृतिविरुद्ध लडाइ अभियानको रुपमा हेरिएको छ। दक्षिण पश्चिमी सहर नान्याङ र राजधानी बेइजिङ नजिकैको करिब ४० लाख जनसंख्या भएको सहर लाङफाङमा क्रिसमसका सामान बेच्ने पसलहरुबाट सामान हटाउन लगाइएको छ।

कतिपय विश्वविद्यालयमा विद्यार्थीहरुलाई क्रिसमस नमाउने आचारसंहितामा हस्ताक्षर गराइएको पनि जनाइएको छ । केन्द्र सरकारले क्रिसमस नमनाउने विषयमा औपचारिक निर्देशन नदिएपनि चिनियाँ कम्युनिस्ट पार्टीका स्थानीय कमिटीहरुमार्फत् कडा निर्देशन जारी गराइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News