११ इसाईको घाँटी रेटेर हत्या



काठमाडौं । अन्तर्राष्टिय आतंकवादी समूह इस्लामिक स्टेट (आईएस)ले नाइजेरियामा ११ जना इसाई धर्मावलम्बीको घाँटी रेटेर हत्या गरेको छ ।

आईएसले आफ्ना नेता अबु बकर अल बगदादी र प्रवक्ता अबुल हसन अल मुहाजिर सिरियामा मारिएको घटनाको बदलास्वरुप उनीहरुको हत्या गरेको हो । बगदादीको यसै वर्षको २६ अक्टुबरमा अमेरिका सेनाबाट हत्या भएको थियो ।

यो घटनापछि आईएसले बदला लिनका लागि नयाँ अभियान सुरु गर्ने घोषणा गरेको थियो ।आईएसले आफ्नो समाचार एजेन्सी अमाकमार्फत् ५६ सेकेन्डको एक भिडियो सार्वजनिक गर्दै सो जानकारी दिएको हो । भिडियोमा एक व्यक्तिलाई गोली हानेर र बाँकी १० जनालाई धकेलेर खाल्डोमा खसाएपछि घाँटी रेटेर हत्या गरिएको देखिन्छ ।

हत्या गरिएकाहरु सबै पुरुष भएपनि उनीहरुको परिचय खुलाइएको छैन । उनीहरुलाई उत्तरपूर्वी बोर्नो राज्यबाट नियन्त्रणमा लिइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News