प्रदेश १ का पदाधिकारीलाई सम्मान


 


मोरङ, भदौ २२

नेकपा (एमाले) मोरङले मङ्गलबार प्रदेश नम्बर १ का प्रमुख तथा पदाधिकारी सदस्यलाई सम्मान गरेको छ । विराटनगरस्थित नेकपा (एमाले) जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रममा प्रदेश नम्बर १ का प्रमुख तथा एमालेका सचिव भीम आचार्य र उपप्रमुख तथा पोलिटब्यूरो सदस्य शेरधन राईलाई सम्मान गरेको छ ।

यसैगरी, सदस्यहरु विनोद ढकाल, रामकुमार बस्नेत, खेम नेपाली, चन्द्र गुरुङ, विनय यादव, गणेश केसी, राजेश सुब्बा, बलबहादुर केसी लगायतलाई पनि सम्मान गरियो । उनिहरुलाई नेकपा ( एमाले)का नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी लगायतका नेताहरुले सम्मान गरेका थिए । कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताको सहभागिता थियो । रास

प्रकाशित मिति: २२ भाद्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्