चट्याङले लग्याे अामा छाेराकाे ज्यान


 


लहान, भदौ २२

चट्याङ लागेर गएराति सिरहामा आमा छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढीमाई– २ भवानीपुरका ४० वर्षीया जुर्मी सदा र उहाँको १२ वर्षीय छोरा सुरज सदा रहेको प्रहरीले जनाएको छ ।

चट्याङले सुरज सदाको घटनास्थलमै मृत्यु भएको र जुर्मी उपचारका लागि लहान लैजाने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । मृतक आमा छोराको शव स्वास्थ्य परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: २२ भाद्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्