भाेजपुरमा १९ कर्मचारी सम्मानित



sammmanभाेजपुर, भदाै २३

१३ औँ निजामति कर्मचारी दिवसको अवसरमा १९ जना निजामति कर्मचारी सम्मानित भएका  छन् । सेवामैत्री प्रशाशन संघियतामा सुशासन भन्ने मुल नाराका साथ निजामती कर्मचारी दिवसको समापन कार्यक्रममा कर्मर्चारीहरुलाई सम्मा गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माकाे अध्यक्षता र जिल्ला न्यायधिश प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यमा बुधबार सम्पन्न कार्यक्रममा निजामति दिवसको अवसर पारेर यस वर्ष अवकास प्राप्त १३ जना र जिल्ला भरका कर्मचारी मध्ये ६ जना कर्मचारीलाई सर्वोकृष्ट कार्यसम्पादन गरेको भन्दै सम्मान गरीएको हो ।

सवोत्कृष्ट सम्मानित हुनेमा जिल्ला शिक्षा अधिकारी सिताराम श्रेष्ठ र जिल्ला  कृषि विकास कार्यालयका प्रमुख सरोजकान्त अधिकारी प्रशासनबाट जय बहादुर तामाङ, महिला तथा बालबालिका कार्यालय बाट सम्झना थापा मगर, सिचाँइ सव डिभिजन कार्यालय बाट खम्व बहादुर बानिया , स्वास्थ्य चौकी याकुका भोजराज भण्डारी, रहेका छन् ।

दिवसकै अवसरमा कर्मचारीले सदरमुकामको लोकतान्त्रिक गेट देखी चारभञ्जयाङसम्म प्रभात फेरी निकालेका थिए । यसैविच दिवसको अवसरमा आयोजित कार्यक्रमको समापन सभामा बोल्ने  अधिकांस वक्ताले बर्षेनि नाराहरु फेरीए पनि परीवर्तन भने नभएको बताएका छन् । दिवसकै अवसरमा कर्मचारी मिलन केन्द्रले २०७२ सालको परीक्षामा जिल्ला भर बाट सवोत्तकृष्ट अंक ल्याउने २ जना छात्रा छात्रलाई सम्मान गरेको छ ।

विरेन्द्र उच्च माध्यामिक विद्यालया कुलुङकी छात्रा शुलोचना बोगटी र सन्त माध्यामिक विद्ययालय नेपालेडाँडाका छात्र प्रज्वल राज बस्नेत सम्मानित भएकाहुन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News