ट्रकसँग बसमा ठोक्किँदा २० जनाको मृत्यु, दुवै सवारीसाधनमा दन्कियो आगो



एजेन्सी, पुस २६
भारतको उत्तर प्रदेशमा ट्रकसँग बसमा ठोक्किँदा २० जनाको मृत्यु भएको छ। ट्रकसँग बसमा ठोक्किँएपछि दुबै सवारीसाधनमा आगो लागेको छ।

उत्तरप्रदेशस्थित कन्नौजको छिबरामउ जीटी रोडस्थित घिलोई गाउँमा ट्रकसँग ठोक्किँदा बसमा आगो लागेको हो। बसमा सवार मध्ये २१ जनाको उद्धार गरिएको छ।भारतीय संचारमाध्यमका अनुसार कतिपयले बसबाट हामफालेर ज्यान जोगाएका छन्। ५० यात्रु सवार एसीयुक्त बस र ट्रक आपसमा ठोक्किनासाथ दुवैमा आगो दन्किएको थियो।

यसैबीच उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको अनुसन्धान गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन्। साथै उनले मृतकका परिवारलाई भारु २÷२ लाख र घाइतेहरूलाई ५० हजार राहत दिने घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News