चट्याङले मृत्यु


 


मोरङ, भदौ २४

चट्याङ लागेर मोरङको रंगेली नगरपालिका–२ मधुबनीकी १२ वर्षीया चाँदनी शर्माको घाँस बोकी घरतर्फ आउने क्रममा घटनास्थलमै मृत्यु भएको छ । उनीसँगै आएकी १८ वर्षीया सोनम शर्मा चट्याङ लागेर घाइते भएकोले उपचारको लागि रंगेली अस्पताल लगिएको छ ।
यस्तै कास्कीको लाचोक–९ अर्मलाका पदमलाल सेढाईको गोठमा चट्याङ पर्दा भैसी र गोरु एकएक मरेका छन ।

प्रकाशित मिति: २४ भाद्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्