एनसेलले ल्यायो फेरि ‘साप्ताहिक प्लान’


 



काठमाडौं, पुस २९
एनसेलले ‘मेरो प्लान’ पनि ‘साप्ताहिक प्लान’ ल्याएको छ । आफ्ना प्रिपेड ग्राहकका लागि मेरो प्लान अन्तर्गत नै एनसेलले साप्ताहिक प्लान ल्याएको हो । यस योजना अन्तर्गत ग्राहकले अब अझ सस्तो दरमा डेटा र भ्वाइस सेवाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

मंगलबारदेखि लागु हुने यो योजनामा एनसेलले दुई साप्ताहिक प्याक २ जिबी प्लान र ६ जिबी प्लान ल्याएको छ । २ जिबी प्लानअन्तर्गत ग्राहकले करसहित मात्र ९५।७७ मा २ जिबी डेटा पाउने छन्। यो प्लानअन्तर्गत ग्राहकले अननेट अर्थात् एनसेल नेटवर्क भित्र करसहित मात्र १।२८ रुपैयाँ प्रति मिनेटमा भ्वाइस सेवाको फाइदा पनि लिन सक्नेछन् ।

त्यसैगरी ६ जिबी प्लान अन्तर्गत ग्राहकले कर सहित मात्र १९१।५४ रुपैयाँमा मा ६ जिबी (४ जिबी २ जिबी भिडियो डेटा) पाउने छन्। यो प्याक अन्तर्गतको भिडियो डेटा युट्युब, आइफ्ल्क्सि, एनसेलको भिडियो पोर्टल तथा गुगल सेवाका अन्य सेवा जस्तै गुगल प्ले, म्याप्स आदि चलाउन प्रयोग गर्न सकिने छ।

डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटि आफै डेटा बन्द हुने मेरो प्लानको विषेशता रहेको छ । यो प्लान अन्तर्गत ग्राहकले आफ्नो डेटा भोलुम सकिएपछि आवश्यकता अनुसारको मेरो प्लानहरु तुरुन्त सुचारु गर्न सक्नेछन् । साप्ताहिक प्लान अन्तर्गतका डेटा भोलुमको समयावधि सुचारु भएको दिनदेखि ७ दिनको रहने छ ।

प्रकाशित मिति: २९ पुस २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्