इरानमा क्षेप्यास्त्र प्रहार गरी युक्रेनी विमान खसाल्ने पक्राउ


 


एजेन्सी , माघ १
गत साता इरानको राजधानी तेहरानमा क्षेप्यास्त्र प्रहार गरी युक्रेनी विमान खसाल्ने घटनासँग सम्बन्धित कयौंलाई पक्राउ गरिएको इरानी न्यायलयले जनाएको छ ।

इरानका राष्ट्रपति हसन रौहानीले समेत युक्रेनी यात्रुवाहक विमान खसाल्ने कार्य अक्षम्य गल्ती भएको बताएका छन् । उनले एक विशेष अदालतको निगरानीमा सो घटनाको पूर्ण छानविन हुने आश्वासन दिएका छन् ।

इरानी न्यायालयका प्रवक्ता गुलामहुसेन इस्माइलीले युक्रेनी यात्रुवाहक विमान खसालिएको घटनाको अनुसन्धान जारी रहेको बताए ।

युक्रेनियन इन्टरनेशनल एअरलाइन्सको पीएस ७५२ उडान गत बुधवार तेहरानबाट उडेलगत्तै खसालिएपछि त्यसमा सवार सबै एक सय ७६ जनाको मृत्यु भएको थियो । मृतकमध्ये सबैभन्दा बढी इरानी र युक्रेनी नागरिक थिए ।

सुरुमा सो विमान प्राविधिक कारणले दुर्घटना भएको भनिएपनि पछि इरानी क्षेप्यास्त्र प्रहारबाट विमान खसालिएको तथ्य बाहिर आएको हो ।

प्रकाशित मिति: १ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्