इरानमा बिमान दुर्घटनाको भिडियो खिच्ने पक्राउ


 



एजेन्सी
इरानले युक्रेनको बिमान दुर्घटना सम्बन्धी भिडियो खिच्ने व्यक्तिलाई पक्राउ गरेको छ । उनी माथि राष्ट्रिय सुरक्षा मामिलाको अभियोग लगाइने भएको छ । गएको बुधबार भएको बिमान दुर्घटनामा १७६ जनाको मृत्यु भएको थियो ।

इरानले उक्त घटना सम्बन्धमा केही व्यक्तिलाई पक्राउ गरिएको जनाएको हो । विशेष अदालतले यो प्रकरणलाई हेर्ने जनाइएको छ । सो विमान आफूले प्रहार गरेको मिसाइलका कारण खसेको इरानले स्वीकार गरेको छ । इरानले पहिले सो कुरा अस्वीकार गरेको थियो ।

इरानी सेनाले गम्भीर मानवीय त्रुटीका कारण यात्रु विमान निशानामा परेको भन्दै माफी मागेको थियो ।

प्रकाशित मिति: १ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्