बच्चासहित दम्पतीले त्रिशूलीमा हाम फाले, श्रीमतीको मृत्यु, बच्चा बेपत्ता


 


काठमाडौँ, माघ ३
धादिङमा एक दम्पतीले बिहीबार दुई बच्चासहित झलुंगे पुलबाट त्रिशूलीमा हाम फालेका छन् । प्

रहरीका अनुसार चन्द्रागिरी नगरपालिका-५ थानकोट घरभइ गजुरी गाउँपालिकाको आदमघाट ससुराली आएका अन्दाजी ३५ वर्षीय विनय लामिछाने र उनकी श्रीमती जमुनाले त्रिशुलीमा हाम फालेका हुन्। उनीहरुले आफ्ना २ वर्षीय र ६ महिने छोरासहित बिहीबार साँझ साढे ६ बजे धादिङ र गोरखा जोड्‌ने पुलबाट हाम्फालेको प्रहरीले बताएको छ।

बेनीघाटको बाँदरेस्थित झलुंगे पुलबाट हाम फाल्दा श्रीमतीको मृत्यु भएको र दुई बच्चा बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । श्रीमानको भने उद्धार गरिएको छ ।

त्रिशुलीको जलयात्रा गर्ने टोलीसँगको रेस्क्यु टोलीले तत्काल विनयको उद्धार गरेको उपरीक्षक रेग्मीले बताए। जमुनाको शव नजिकै फेला परेको र दुई बालकहरुको खोजी भइरहेको उनले बताए।

प्रकाशित मिति: ३ माघ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्