निर्भया बलात्कार–हत्याकाण्डः जीवन रक्षाको याचिका खारेज, मृत्युदण्डको नयाँ वारेन्ट जारी


 


एजेन्सी , माघ ४
निर्भया बलात्कार–हत्याकाण्डको आरोपमा हिरासतमा रहेका मुकेशकुमार सिंहले राष्ट्रपतिसमक्ष जीवन रक्षाको माग गर्दै दर्ता गरेका याचिका खारेज भएको छ। लगत्तै भारतको पटियाला हाउस अदालतले निर्भया सामूहिक बलात्कारपछि हत्याकाण्डका चार दोषीलाई मृत्युदण्डको नयाँ वारेन्ट जारी गरेको छ ।

अदालतका अनुसार अपराधीहरुलाई फेब्रुअरी १ मा बिहान ६ बजे झुण्डयाइनेछ । यसअघि अदालतले जनवरी २२ मा फाँसी दिने फैसला सुनाएको थियो । राष्ट्रपति रामनाथ कोविन्दले शुक्रबार दयाको याचिका खारेज गरिसकेपछि अधिकारीहरूले चार दोषीलाई नयाँ मृत्युदण्ड वारेन्टको माग गरेका थिए। मुकेशको दया याचिका बिहीबार दिउँसो केन्द्रीय गृह मन्त्रालयले राष्ट्रपतिसमक्ष पठाएको थियो।

जुन शुक्रबार अस्वीकृत भयो। दया याचिका खारेज भएपछि फाँसीका लागि १४ दिनको सूचना सार्वजनिक गरिन्छ । उही समयमा गृहमन्त्रालयले राष्ट्रपतिसँगको दया याचिका अस्वीकार भएपछि अब फाईल दिल्ली सरकारलाई पठाइएको छ।

डिसेम्बर १६, २०१२ मा दक्षिण दिल्लीको वसन्त विहार क्षेत्रमा प्यारा मेडिकल कलेजकी विद्यार्थी निर्भयालाई बसले ठक्कर दियो।सोही समयमा अक्षयसिंह कुमार, विनयकुमार शर्मा, पवनकुमार गुप्ता, मुकेश सिंह र चालक रामसिंहले निर्भयालाई दुर्व्यवहार गरेका थिए । त्यसपछि उपचारको क्रममा उनको मृत्यु भएको थियो । आरोपित १ जनालाई नाबालक भन्दै त्यसबेलानै माफी दिइएको थियो ।

प्रकाशित मिति: ४ माघ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्