पाकिस्तानकाे राजदूतमा भाेजपुरे चेली सिफारिस


 


sewa adhikariकाठमाडाैं, बैशाख ८

मंगलबार बसेकाे मन्त्रिपरिषद बैठकले  २१ देशका लागि राजदूत सिफारिस गरेको छ। लामो समय देखि २१ देशमा राजदूत रिक्त थिए। सरकारले परराष्ट्र सेवाबाट ८ जनालाई राजदूतमा सिफारिस गरेको छ। जसअनुसार पाकिस्तानकाे राजदूतका लागि भाेजपुरे चेली सेवा अधिकारी लम्सललाई पनि सिफारिस गरेकाे छ ।

राजदूतमा सिफारिस अधिकारी परराष्ट्र सेवामा संलग्न थिइन। उनि पराराष्ट्र मन्त्रालयमा सह सचिव थिइन । भाेजपुर दिङ्लाकी उनि भाेजपुरकै चरम्बीमा बिवाह गरेकी हुन् । यस अघि उनि संयुक्त राष्ट्रसंघकाे कार्यबाहक स्थायी प्रतिनिधिकाे भूमिका समेत निर्वाह गरिसकेकी छिन् । संसदीय सुनुवाई पुरा गरेपछि राजदूतमा सिफारिस २१ जनाकै नियुक्तिको बाटो खुल्ने छ।

याे पनि पढ्नुस्

 कुन देशका लागि को को सिफारिस भए?

प्रकाशित मिति: ८ बैशाख २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्