थप ४ जनामा कोरोना संक्रमण, कति छन् सक्रिय संक्रमित ?
काठमाडौं, जेठ २० । नेपालमा पछिल्लो २४ घन्टामा थप ४ जना कोरोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ सय ९५ जनामा नमुना परिक्षण गर्दा ४ जना संक्रमित फेला परेका हुन् ।
यस बिचमा २ जना डिस्चार्ज भएका छन भने १२ हजार ७२६ जनाले कोरोना खोप लगाएका छन ।
हाल देशभर जम्मा १८ जना कोरोना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार