मुटु रोगी भक्तबहादुरलाई अार्थिक सहयाेग हस्तान्तरण


 


mutu-rogi-bhakta-bdr-rai-rakam-lidaiधरान, भदौ २ ४
उपचार खर्च अभावका कारण सहयोगको याचाना सहित भौतारिरहेका भोजपुर खैराङ गाबिस, वडा नं. २ का ४० बर्षीय भक्त बहादुर वालाहाङ राई (भारते) लाई नगद रु. ५१ हजार पाँच सय रूपैयाँ आर्थिक सहयोग रकम प्रदान गरिएको छ । विभिन्न समस्यका कारण रोग ग्रस्त एवं दैवीय प्रकोपको विपत्तीबाट पीडित रार्इलार्इ विभिन्न व्यक्ति र संघ संस्थाले अार्थिक सहयाेग गरेका हुन् ।

रार्इकाे सहयाेगका लागि सामाजिक संस्था विश्व भोजपुर सरोकार समाजबाट ४५ हजार, समाजसेवी बालकुमारी इशारा राईबाट १५ हजार पूर्व सुचना तथा सञ्चार मन्त्री शेरधन राईबाट पाँच हजार गरी संकलित ५१ हजार रकम समाजका संस्थापक अध्यक्ष रामप्रसाद रङाहाङ राई र पूर्व सुचना तथा सञ्चार मन्त्री शेरधन राईले संयूक्त रुपमा बिरामीलाई हस्तान्तरण गरेका छन् ।

दैनिक ज्याला मजदुरी गर्दै जिबिकोपार्जन गरिरहेका बिरामी भक्तबहादुर राईको मुटुमा समस्या थाहा भए पनि खर्च अभावका कारण उनि जीवन मरणको दोसादमा थिए । यो कुराका जानकारी पाए पछि किरात राईहरुको जातिय साझा संस्था किरात राई यायोक्खा, सुनसरी, भोजपुर सुनसरी सरोकार समाज र वालिहाङ सुनाहाङ समाजको संयूक्त पहलमा (मुटुरोगी भक्तबहादुर राई उपचार सहयोग समिति) गठन गरी स्वदेश तथा बिदेशमा रहेका समाजसेवीहरूबाट रकम सहयोगको अनुरोध गर्दै सहयोग संकलन अभियान सूरुवात भएकाे हाे ।

मुटुरोगी राईलाई हेरीरहेका डा. लोकेश जयसवालसँग याे समितिले भेट गरेको छ । उनका अनुसार मुटुरोगी राईको उपचार यसअघि नै ढिलो भईसकेको छ । डाक्टरूले यही भदौ २६ गते भर्ना गर्ने र २९ गते विरामीको अपरेशन गर्ने सल्लाह दिएका छन् । तर आवश्यक खर्च भने अझै पनि जुट्न सकेको छैन ।

भदौ २३ गते सम्मको विवरण अनुसार समितिको खातामा जम्मा भएको नगद रु. ९५ हजार अाठ सय २५ रहेकाे मुटुरोगी भक्तबहादुर राई बचाउ अभियानका अध्यक्ष नन्दप्रसाद प्रधानले जानकारी दिए । समितिले सहयोगका लागि आर्थिक सहयोगको अपिल समेत गरेको छ । सहयाेगका लागि बचत खाता नं. ०२२०१०००७९९१०९०००००१, प्रभु बैँक, धरान शाखामा बैंक खाता समेत खाेलिएकाे छ ।

काे हुन् भक्तबहादुर ?

bhakta-bdr-rai
करिब ८ वर्षजति कोइलाखातमा मजदुरी गरेर फर्किएका रार्इ यतिबेला धरानमा पेन्टिङको काम गर्दै आफु र परिवारको जिविकोपार्जन गर्दे अाएका थिए । गाउँमै दुखजिलो गरेर बसेका श्रीमती,दर्इ छोरी, तीन छोरा र बृद्ध आमाबुबाका सहारा पनि उनै हुन् । भक्तबहादुरले ससाना छोराछोरीकै लागि भएपनि अाफू बाच्न चाहेकाे र सहयाेगकाे अपील गरेका छन् । भल्भ फेर्न पुग्ने जति रकम सहयोग पाए पुर्नजीवन पाउने आशा उनकाे छ ।

मुटुरोगी भक्तबहादुर राई उपचार सहयोग समिति

१) संयोजक : नन्दप्रसाद श्रेष्ठ, भोजपुर सुनसरी सेवा समाज, ९८५२०५६२१९
२) सचिव : श्रीशीशा राई, पत्रकार, ९८५२०५६८०२
३) कोषाध्यक्ष : गंगाबहादुर राई, वालाहाङ सुनाहाङ किरात उत्थान समाज, ९८६२०५९८५९
४) सदस्य : रेवतीरमण राई, किरात राई बान्तावा खिम, ९८४२०५३००२
५) सदस्य : पुर्णबहादुर राई, भोजपुरे बान्तावा लाक्छाम संरक्षण समिति, ९८४२४६४६३२
६) सदस्य : हिन्दुहाङ राई, किरात राई यायोक्खा, सुनसरी, ९८५२०४९६८३
७) सदस्य : नुनीहाङ राई, किरात राई बान्तावा खिम, सुनसरी,
८) सदस्य : प्रतापसिंह राई, किरात राई बान्तावा खिम सुनसरी, ९८४२०९१०४०
९) सदस्य : टिका राई, किरात राई बान्तावा खिम सुनसरी
१०) सदस्य : नगेशचन्द्र राई, किरात राई यायोक्खा सुनसरी
११) सदस्य : क्रिपालसिंह राई, आफन्त, ९८१४३०८५८१
१२) सदस्य : तारामान राई, आफन्त
१३) सदस्य : धनबहादुर राई, आफन्त
१४) सदस्य : भीमबहादुर राई, आफन्त

प्रकाशित मिति: २४ भाद्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्