भारतले एसिया कप नखेले पाकिस्तानले विश्वकप नखेल्ने, यस्तो कारण


 



एजेन्सी
भारत एसिया कप खेल्न पाकिस्तान नगए पाकिस्तान पनि विश्वकप खेल्न भारत नजाने भएको छ ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले यस विषयमा आफ्नो धारणा पनि सार्वजनिक गरिसकेको छ । ‘भारत एसिया कप खेल्न आउँदैन भने हामी पनि टी–२० विश्वकप खेल्न जाँदैनौं’ पीसीबीले भनेको छ ।

२०२१ मा भारतले टी–२० विश्वकप आयोजना गर्दैछ। तर, त्यसभन्दा अगाडि पाकिस्तानमा एसिया कप टी–२० यसै वर्षको सेप्टेम्बरमा आयोजना हुँदैछ।

पीसीबीका सिइओ वसीम खानले पिसिबीले बंगलादेश टीम पाकिस्तानमा खेल्न आए एसिया कप हस्तान्तरण गर्ने छ भन्ने कुरामा कुनै सत्यता नभएको पनि बताएका छन्। उनले यो हल्ला मात्रै भएको जिकिर गरे।

‘हामीलाई एसियन क्रिकेट काउन्सिल ९एसिसी०ले होस्टिंग अधिकार दिएको छ। हामी कसैलाई पनि हस्तान्तरण गर्न सक्दैनौं,’ वसीमले भने, ‘एसिया कप आयोजना गर्न पीसीबीले अरु दुई स्थानमा विचार गरिरहेको छ।’

वसीमले भारतसँगको तनावका कारण पाकिस्तानले एसिया कपको आयोजना गर्न अन्य दुई स्थान विचार गरिरहेको बताए।

टीम इन्डियाले २००८ देखि पाकिस्तानको भ्रमण गरेको छैन भने पाकिस्तानको टीमले पनि २०१२ पछि भारत भ्रमण गरेको छैन।

प्रकाशित मिति: १२ माघ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्