अमेरिकी बास्केटबल खेलाडी कोबेको हेलिकप्टर दुर्घटनामा निधन, छोरी पनि रहिनन्




अमेरिकी चर्तित बास्केटबल खेलाडी कोबे ब्रायन्टको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । बास्केटबलका महान् हस्ती ब्रायन्टको निजी हेलिकप्टर दुर्घटनामा निधन भएको हो ।

सो दुर्घटनामा ब्रायन्टसँगै उनकी छोरी गियानाको पनि निधन भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । हेलिकोप्टर दुर्घटनामा उनीहरुसहित नौ जनाको ज्यान गएको छ ।

लगातार पाँच पटक एनबीए च्याम्पियन ब्रायन्टलाई बास्केटबल इतिहासकै सबैभन्दा महान खेलाडीको रुपमा मानिन्थ्यो । उनले सन् २०१६ मा खेलबाट सन्यास लिएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News