क्रिस गेल नेपालमा क्रिकेट खेल्दै


 


काठमाडौं, माघ १६

विश्व क्रिकेटका विष्फोटक ब्याटसम्यान क्रिस गेलले नेपालमा क्रिकेट खेल्ने भएका छन् ।
वेष्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान अनि टि–२० का लिजेण्ड गेल एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउने भएका हुन् ।

उनले पोखरा राइनोजबाट ईपीएल खेल्ने भएका हुन् । बिहिबार पोखरा राइनोजले पत्रकार सम्मेलन गर्दै गेलले खेल्ने जानकारी गराएको हो ।

गत सिजन पोखराबाट दक्षिण अफ्रिकाका रिचर्ड लेभीले खेलेका थिए । यसअघि नै भैरहवा ग्लाडिएटर्सले वेष्ट इन्डिजका ड्वाने स्मिथलाई अनुबन्ध गरिसकेको छ ।

यस्तै साविक विजेता ललितपुर प्याट्रिओट्सले श्रीलंकन उपुल थरंगा र चितवन टाईगर्सले अफगानिस्ताका मोहमद शाहजादलाई अनुबन्ध गरिसकेको छ ।

ईपीएलको सफलताले गर्दा नै क्रिस गेललाई अनुबन्ध गर्न सफल भएको पोखरा राइनोजका मालिक दीपा अग्रवालले बताइन् । यो सारा नेपालीको लागि खुशीको कुरा भएको उनको भनाइ छ ।

गेललाई कन्भिन्स गर्न ६–७ महिना लागेको ईपीएलका म्यानेजिङ डाइरेक्टर आमिर अख्तरले बताए । गेललाई हेर्न सबै नेपाल नै लालायित भएको उनको भनाइ छ ।

तर, गेलले कति म्याच खेल्ने भन्ने पक्का भइसकेको छैन । उनले भनेका छन्, ‘आईपीएल खेल्न जानुपर्छ त्यसका लागि कहिले जान्छु, त्यही अनुसार नेपालमा कति समय बस्ने फिक्स्ड हुन्छ ।’

प्रकाशित मिति: १६ माघ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्