बार्सिलोनाको पेजमा प्रियंकाको फोटो


 


काठमाडौं, माघ २०

लियोनल मेस्सीका नेपाली फ्यान धेरै छन् । त्यही अनुपातमा छन् उनको क्लब बार्सिलोनाका समर्थक पनि ।
त्यही फुटबल क्लबले आफ्नो अफिसियल फेसबुक पेजमा नेपाली नायिका प्रियंका कार्कीको तस्बिर सेयर गरेको छ।

बार्सिलोनाको फेसबुक सेयर भएको नायिका प्रियंकाको तस्बिरको क्याप्सनमा ‘वी लभ नेपाल’ लेखिएको छ।

कार्की केही दिन अघि मात्रै नायक तथा आफ्नो प्रेमी आयुष्मान देसराजसँग स्पेन पुगेकी थिइन्। गए रातिमात्रै उनीहरुले नाउ क्यापमा स्पेनिस ला–लिगामा बार्सिलोना र लेभान्टेबीचको खेल हेरका थिए।उक्त खेलमा बार्सिलोनाले लेभान्टेलाई २–१ ले हराएको थियो।

प्रकाशित मिति: २० माघ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्