अन्तर्राष्ट्रिय वरीयतामा नेपाली भलिबल : महिला अगाडि


 



काठमाडौं, माघ २२
अन्तर्राष्ट्रिय वरीयतामा नेपाली भलिबल समावेश गरिएको छ । विश्व भलिबलको सर्वोच्च संस्था एफबईभीबीले अन्तर्राष्ट्रिय वरीयतामा नेपाली महिला र पुरुष भलिबल टिम समावेश गरेको जनाएको हो।

वरीयतामा नेपाली महिला टिम ८७ औं र पुरुष १३८ औं स्थानमा परेका छन् । ८७ औं स्थानमा समेटिएको नेपाली महिला भलिबलको ५७ अंक छ । त्यस्तै, चीन पहिलो र अमेरिका दोस्रो वरीयतामा पर्न सफल भएका छन् ।

पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शन गरिरहेको महिला टोलीले पहिलो एभीसी महिला सेन्ट्रल जोन जितेको थियो भने १३ औं सागमा रजत जितेको थियो । त्यसैगरी पुरुषतर्फको नेपाली भलिबल टिम १३८ औं स्थानमा छ ।

एफआईभीबीले पुरुषतर्फ ८३ औं स्थानदेखि तलका टिम सबैलाई ५० अंक दिएर वरीयतामा समावेश गरेको जनाएको छ । पुरुषतर्फ ब्राजिल पहिलो र पोल्याण्ड दोस्रो स्थानमा छन् ।

प्रकाशित मिति: २२ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्