काठमाडौँमै भारतीयलाई नागरिकता बनाउने पक्राउ


 


काठमाडौँ, माघ २५
भारतीय बाबुबाट जन्मिएकी महिलालाई नेपाली नागरिक बनाउन खोज्ने चार जना पक्राउ परेका छन्। फर्जी नागजातका आधारमा नागरिकता बनाउन खोज्ने काठमाडौँको टोखा नगरपालिका–३ का रेशमलाल गुरुङ, कल्पना गुरुङ, उर्मिला गुरुङ र मधुविलास अधिकारी पक्राउ परेका हुन् । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँको हाताभित्रबाटै पक्राउ गरिएको हो ।

भारतीय नागरिकसँग बिबाह गरेकी कल्पना गुरुङले तिनै भारतीय नागरिकबाट दार्जलिङमा जन्भिएकी आफ्नी छोरी उर्मिलाको नेपाल नागरिकता बनाउन खोज्दा उनीहरु पक्राउ परेकी हुन् ।

जिल्ला प्रशसन कार्यालय काठमाडौँका सहायक सीडीओ जीवनप्रसाद आचार्यले नक्कली कागजात लिएर नागरिकता बनाउन आएका ४ जनालाई पक्राउ गरिएको जानकारी दिए । आचार्यका अनुसार उर्मिला आफ्नी आमाका दोस्रो पति रेशमलाल गुरुङसँग नागरिकता बनाउन आएकी थिइन् । राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति: २५ माघ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्