ओमानविरुद्ध नेपालले ब्याटिङ गर्दै, हारको बदला लिने दाउँ


 



काठमाण्डौ, माघ २६
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी आईसीसी विश्वकप लिग २ छनाेट अन्तर्गतकाे एक दिवसीय क्रिकेटमा नेपालले ओमानविरुद्ध ब्याटिङ गर्ने भएको छ ।

ओमानविरुद्ध टस हारेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।आजको खेलमा नेपालका कमलसिंह ऐरीले डेब्यु गर्ने भएका छन् । उनले अविनाश बोहोरालाई रिप्लेस गरेका हुन् ।

पहिलो खेलमा ओमानसँग पराजित भएको नेपाल हारको बदला लिने दाउँमा रहँदा ओमान भने अपराजित यात्रा कायमै राख्ने लक्ष्यमा हुनेछ ।

प्रकाशित मिति: २६ माघ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्