नेपाल ओमानसँग फेरि पराजित




काठमाडौं, माघ २६
नेपाल ओमानसँग फेरि पराजित भएको छ । आइतबार भएको खेलमा २५० रनको लक्ष्य दिएको नेपालले उत्कृष्ट बलिङ गर्न नसक्दा ओमानले २ विकेटको क्षतिमा ४७.२ ओभरमा सहजै लक्ष्य भेट्टायो ।

आइसीसी क्रिकेट विश्वकप लिग २ को त्रिकोणात्मक स्पर्धामा ओमानका उपकप्तान अकिब इल्यासको अलराउण्डर प्रदर्शन गर्दा नेपाल ८ विकेटले पराजित भएको हो ।
इल्यासले बलिङमा४ विकेट लिए भने ब्याटिङमा शतक कटाए । उनले अविजित १०९ रन बनाए ।

त्यसअघि उपकप्तान ज्ञानेन्द्र मल्लको अर्धशतक प्रेरित नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनाएको थियो । जुन ओडिआईमा नेपालको दोस्रो ठूलो अंक तालिका हो ।
नेपालका लागि ओडिआईमा दुई अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका मल्लले ५६ रन बनाए ।

यस्तै पारस खड्काले ३८, विनोद भण्डारीले ३५, आरिफ शेख र कुशल मल्लले समान २८, सुवास खकुरेलले २२, करण केसीले १० रन बनाए । सन्दीप लामिछानेले अविजित १० रन जोड्दा डेब्यु ब्वाए कमल सिंह ऐरीले अविजित ९ रन बनाए । उपकप्तान दीपेन्द्र सिंह ऐरी भने खाता नखोली आउट भए ।

नेपालको बलिङमा आश गरी ७ बर्षपछि जीत निकाल्ने अपेक्षा अधुरै रह्यो । बलिङमा नेपालका कोही पनि चम्किन सकेनन् भने फिल्डिङ पनि झुर बन्यो ।

 

प्रतिक्रिया दिनुहोस्

सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News