भवन आचारसंहिता पारित


 


house-earthquake

काठमाडौँ, भदौ २६

सरकारले भवन निर्माण आचारसंहितालाई पारित गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले लामो समयदेखि पारित हुन नसकेको तथा सार्वजनिकसमेत हुन नसकेको आचारसंहितालाई नेपाल राजपत्रमार्फत सार्वजनिक गर्ने र त्यसलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो ।

आचारसंहिता सार्वजनिक नभएका कारण भवन तथा घर निर्माणमा समस्या पर्दै आएको थियो । नयाँ आचारसंहिताले महानगरपालिका, नगरपालिका, नगरोन्मुख क्षेत्रमा नयाँ भवन तथा आवास निर्माणमा सहज हुनेछ ।

 

प्रकाशित मिति: २६ भाद्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्