अमेरिका ३५ रनमा अल आउट, सन्दिपले लिए ६ विकेट


 



काठमाडौं, माघ २९
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालमा भैरहेको त्रिकोणात्मक शृंखलामा अमेरिका नेपालसँग ३५ रनमा अल आउट भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ राजेपछि अमेरिका अहिले ब्याटिङ गरेको थियो । नेपालले जितका लागि ३६ रनको लक्ष्य पाएको छ ।  

नेपालका लागि लेग स्पीनर सन्दीप र सुशन भारीले चम्किएपछि अमेरिका ३५ रनमै अलआउट भयो  । सन्दीपले ६ र भारीले ४ विकेट लिए।

दोस्रो ओभरमा बलिङमा आएका सन्दीपले ओभरको अन्तिम बलमा अमेरिकाका इन हल्याण्डलाई आउट गराई पहिलो विकेट लिएका थिए । 

सुशन भारीले सातौं ओभरमा बलिङमा आएका सुशन भारीले पहिलो बलमा नै विकेट लिए । उनले २२ बलमा १६ रन बनाएर खेलिरहेका जेभियर मार्शललाई पारस खड्काको हातबाट क्याचआउट गराएका हुन् ।

 आठौं ओभरको दोस्रो बलमा मनाङ्क पटेललाई बोल्ड आउट गरे । त्यसैगरी यसै ओभरको पाँचौं बलमा निसर्ग पटेललाई पनि बोल्ड आउट गरे । 

खेलमा सुशन भारीले नेपाललाई पाँचौँ सफलता दिलाए । नवौँ ओभरको तेस्रो बलमा एरोन जोन्सलाई बोल्ड आउट गरेका हुन्। 

सन्दीपले ९.५ ओभरमा अमेरिकाको छैटौं विकेट लिए । सुशन भारीले ११ औं ओभरकार पहिलो र अन्तिम बलमा थप २ विकेट लिए। 

१२औं ओभरको तेस्रो बलमा सन्दीपले ९औं विकेट लिए भनेअन्तिम बलमा १० औं विकेट लिए ।

प्रकाशित मिति: २९ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्