यस्तो आयो मुना र विजयको पोष्टमार्टम रिपोर्ट




काठमाडौं, फागुन ४
पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको मस्तिष्क र शरीरबीच रक्तसञ्चार अवरोध (स्ट्रयाङ्गुलेसन) का कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टबाट देखिएको छ । घाँटीको भाग अत्यधिक रूपमा कसिन पुग्दा ‘स्ट्रयाङ्गुलेसन’ हुन्छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले ‘स्ट्र्याङ्गुलेसन’का कारण मुनाको मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको जानकारी दिए । ‘मुना कार्कीको पोस्टमार्टम रिपोर्ट आएको छ । रिपोर्ट अध्ययन गर्दा उनको मृत्यु ‘स्ट्रयाङ्गुलेसन’ का कारण भएको देखिन्छ । यो भनेको मस्तिष्क र शरीरबीच रक्तसञ्चार अवरोध हुनु हो । यसमा विजय चौधरी संलग्न रहेको तथ्य सिसिक्यामेरा फुटेजबाट पुष्टि भएको छ ।’

गत २७ माघको बिहान १०स्१० बजे दाङ लमहीका २२ वर्षीय विजय चौधरीले नाइलनको डोरी प्रयोग गरी मुनाको घाँटी कसेका थिए । डोरीको कसाइका कारण उनको मस्तिष्क र शरीरबीच रक्तसञ्चार हुन पाएन । अन्ततः सोही कारण उनको मृत्यु हुन पुग्यो ।

घटनामा संलग्न चौधरीको भने झुन्डिएर (ह्याङ्गिङ)का कारण मृत्यु हुन पुगेको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ । ‘चौधरीको पोस्टमार्टम रिपोर्टमा उनको मृत्युको कारण ‘ह्याङ्गिङ’बाट भएको उल्लेख छ,’ एसएसपी राईले भने । प्रहरीका अनुसार मुनाको हत्यापछि चौधरी डाइनिङ हलको ठीक माथि रहेको फलामको बारमा पासो लगाई झुन्डिएका थिए । तर, डोरी चुँडिन पुगेपछि उनी डाइनिङ हलको भुइँमा पछारिन पुगेका थिए । शव मुचुल्का गर्दा प्रहरीले समेत चौधरीको घाँटीमा कसिएको अवस्थामा डोरी बरामद गरेको थियो ।

चौधरी मुनाको घरमा सात वर्षदेखि घरेलु मजदुरका रूपमा कार्यरत थिए । तर, उनको हत्या गर्नुको कारण भने प्रहरीले अझै फेला पार्न सकेको छैन । परिसर प्रमुख एसएपी राईले भने, ‘चौधरीले मुनाको किन हत्या गरे भन्ने सन्दर्भमा खोजी भइरहेको छ । त्यसका लागि मोबाइल फोन फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइएको छ । नयाँ पत्रिका देनिक

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News