कति पुग्यो सुनको मूल्य ?


 


काठमाडौं, भदौ २७

साताको दोस्रोदिन सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। आइतबार पनि ५८ हजार ७ सयमा प्रतितोला कारोबार भएको सुनको कारोबार आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेको छ। आइतबार प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार भने ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: २७ भाद्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्