चीनबाट आयात ठप्प, तातोपानी नाका शुन्य


 


काठमाडौं, फागुन ६
नेपाल आज चीनबाट आयात ठप्प, तातोपानी नाका शुन्य नेपाल–चीनबीचको उत्तरी सीमा तातोपानी नाकाबाट दुई हप्तादेखि चिनियाँ सामान आयात शून्य भएको छ । तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीका अनुसार चीनमा फैलिएको कोरोना भाइरसको त्रास र चिनियाँ ल्होसारका कारण चीनबाट आयात ठप्प भएको हो ।

चिनियाँको महत्त्वपूर्ण पर्व ल्होसार र कोरोना सङ्क्रमण फैलने डरले दुई देशबीच व्यापारिक कारोबार हुन सकेको छैन । दुई हप्तादेखि चिनियाँलाई नेपाल प्रवेश र नेपालीलाई चिनियाँ भूभागमा जान दिइएको छैन । दुवै देशको आवतजावतमा रोक लगाइएपछि चीनबाट नेपालमा सामान आयात भएको छैन । गत जेठ १५ गतेबाट तातोपानी नाका सुचारु भए पनि हालसम्म नेपालबाट चीनमा निर्यात भएको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा चित्र मिजारले लेखेका छन् ।

प्रकाशित मिति: ६ फाल्गुन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्