प्रिमियर लिग फुटबलमा युनाइटेडसँग चेल्सी पराजित


 


काठमाडौं, फागुन ६
प्रिमियर लिग फुटबलमा लण्डन क्लब चेल्सी म्यानचेष्टर युनाइटेडसँग पराजित भएको छ । सोमबार राति स्टामफोर्ड ब्रिजमा भएको खेलमा युनाइटेडले घरेलु टोली चेल्सीलाई २–० ले हराएको हो ।

मार्टियलले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ६६ औं मिनेटमा ब्रुनो फर्नान्डेसको कर्नरमा म्यागुएर्ले हेडमार्फत गोल गर्दै युनाईटेडको अग्रतालाई दोब्बर बनाएका थिए ।

खेलमा चेल्सीले पनि दुई गोल गरेको थियो तर रेफ्रिले मान्यता नदिँदा पराजित भयो ।

जितपछि युनाइटेडले शीर्ष चारको सम्भावना कायम राख्दै चौथो स्थानकै चैल्सीसँगको अंक दूरी ३ मा झारेको छ । २६ खेलबाट ४१ अंक रहेको चेल्सी चौथो स्थानमा छ । युनाइटेड ३८ अंकसहित सातौं स्थानमा छ ।

४० अंक जोडेको टोटनह्याम पाँचौं र ३९ अंकसहित शेफिल्ड युनाइटेड छैटौं स्थानमा छ ।

प्रकाशित मिति: ६ फाल्गुन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्