अमेरिकी राष्ट्रपति ट्रम्प भारत आउँदै, विश्वकै ठूलो क्रिकेट स्टेडियमको उद्घाटन गर्ने


 



काठमाडौं, फागुन ७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा आउनेभएका छन् । उनी अर्को साता भारत भ्रमणमा आउन लागेका हुन् । यसै क्रममा ट्रम्पले भारत भ्रमणका क्रममा गुजरातको राजधानी अहमदावादमा विश्वकै ठूलो क्रिकेट स्टेडियमको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उनले त्यहाँ तीन घण्टा बिताउने बताइएको छ । ट्रम्प ३ घण्टा अहमदावादमा रहदा खर्च १ सय ३६ करोड खर्च हुने अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ । उनको भ्रमणका क्रममा अहमदावादमा १२ हजार सुरक्षाककर्मी तैनाथ गरिने बताइएको छ ।

ट्रम्पको भ्रमणलाई लक्षित गरेर करिब ५० करोड रुपैयाँ स्टेडियम वरिपरीको सडक निर्माण र सरसफाईमा खर्च भइसकेको बताइएको छ । ट्रम्पले उद्घाटन गर्ने यो स्टेडियमको क्षमता एक लाख १० हजार रहेको छ भने ट्रम्पले उद्घाटन गर्ने ठाउको साजसज्जामा मात्र करिब १० करोड खर्च हुने बताइएको छ ।

प्रकाशित मिति: ७ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्