नेकपा सचिवालय बैठक बस्दै, यस्ता छन् आजकाे एजेण्डा


 


काठमाडाैँ, फागुन १४
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्ने भएको छ । बिहान ११ बजे बैठक बस्ने सचिवालयका एक सदस्यले बताए।

बैठकमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे छलफल हुने बताइएको छ । त्यस्तै निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड कमिसन प्रकरणबारे पनि छलफल हुने स्रोतले बताएको छ ।

बैठकमा एमसीसी र पछिल्लो समय नेकपाले बनाएको संविधान संशोधन कार्यदलले दिएको सुझावका विषयमा अध्यक्षद्वयले धारणा राख्ने जनाइएको छ ।

प्रकाशित मिति: १४ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्