खाद्य संस्थानले तीनहजार खसी बोका ल्याउने



khasi

काठमाडौँ,भदौ २८  नेपाल खाद्य संस्थानले यस वर्षको दसैँका लागि करिब तीन हजार खसी बोका ल्याउने भएको छ ।

प्रत्येक वर्ष दसैँमा सर्वसाधारणलाई सहुलियत मूल्यमा मासु उपलब्ध गराउने उद्देश्यले स्वदेश तथा विदेशका विभिन्न स्थानबाट संस्थानले खसी बोका ल्याउने गर्दछ । मुस्ताङबाट एक हजार ५०० च्याङ्ग्रा तथा भारतका विभिन्न ठाउँबाट सोही सङ्ख्यामा खसी बोका ल्याउन लागिएको संस्थानका महाप्रबन्धक शिवहरि श्रेष्ठले जानकारी दिनुभयो ।

दसैँमा मासुको माग अत्यधिक हुने हुँदा मूल्य पनि आकासिने गर्दछ । त्यसलाई नियन्त्रण गर्नका लागि संस्थानले खसीबोका ल्याई सहुलियत मूल्यमा उपलब्ध गराउँदै आएको छ । घटस्थापनासम्म खसी–बोका ल्याउने र फूलपातीसम्म बिक्री–वितरण गर्ने संस्थानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News