कक्षा १२ को परीक्षा शुरु


 


भोजपुर, जेष्ठ २०

HSEBमहाभूकम्पका कारण एक महिनापछि सारिएको कक्षा १२ को परीक्षा अाजबाट शुरु भएको छ । भूकम्पबाट बढी प्रभावित ७ जिल्ला बाहेकका स्थानमा परीक्षा शुरु भएको हो । परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म हुँदैछ ।

भूकम्पबाट बढी प्रभावित गोरखा, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछाप गरी सात जिल्लामा भने केही समयपछि हुनेछ । यी जिल्लाबाहेक भूकम्पबाट परिवारका सदस्य गुमाएका तथा विशेष परिस्थितिमा गुज्रिएका विद्यार्थीले समेत प्रमाणका आधारमा पछि परीक्षा दिन पाउने छन् । त्यसैगरी कक्षा ११ को परीक्षा असार १ गतेबाट हुनेछ ।

उच्च मा्धयमिक शिक्षा परिषदले दिएको जानकारी अनुसार  कक्षा १२ र ११ का ६ लाख ७२ हजार ७ सय ४४ विद्यार्थीले परीक्षा दिंदैछन् । परीक्षार्थीमध्ये ३ लाख ३६ हजार ६ सय ५६ छात्र र ३ लाख ३६ हजार ८८ छात्रा छन् । परीक्षाका निम्ति ८ सय ४६ परीक्षा केन्द्र विस्तार गरिएको परीक्षा नियन्त्रक सन्तोषकुमार अर्यालले बताए । हरेक केन्द्रमा एक केन्द्राध्यक्ष, १ हजार ६९ सहायक केन्द्राध्यक्ष, ९ सय १३ पर्यवेक्षक, ९ हजार ७ सय ६१ निरीक्षक, कर्मचारी, कार्यालय सहयोगीहरु र १० हजार ९ सय ९८ सुरक्षाकर्मी खटाइएका छन् । राजधानी उपत्यकाका परीक्षा केन्द्रमा मोबाइल चिकित्सक सहितको तीनवटा एम्बुलेन्स सेवा तैनाथ राखिएको छ ।

प्रकाशित मिति: २० जेष्ठ २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्