नेपाल एयरलाइन्सको जहाज ठुलो दुर्घटनाबाट जोगियो


 


काठमाडौं,  भदौ २८ 

भारतबाट परराष्ट्रमन्त्री प्रकाश शरण महत चढेर नेपाल आएको नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ठुलो दुर्घटनाबाट बचेको छ ।

विमान अवतरणका क्रममा ल्याण्डिङ गियर फसेको छ । तर, विमानमा रहेका यात्रुहरु भने सुरक्षित छन् । आर ए २०६ विमान अवतरणका क्रममा ल्याण्डिङ गियर फसेको विमानस्थलको एयर ट्राफिक कन्ट्रोलले जनाएको छ ।

जहाज अवतरण भएर  पार्किङस्थलदमा आउँदै गरेको बेला जहाजको पछाडिको बायाँतर्फको एउटा पाङ्ग्रा काम नलाग्ने गरी फुटेको विमानस्थल स्रोतले जनाएको छ ।जहाज धावनमार्गलाई असर पर्ने गरी बीचमै रोकिएको छ । धावनमार्गमा अन्य जहाज गुड्न नमिलेपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले अनिश्चित कालका लागि विमानस्थल बन्द गरिदिएको छ ।

यतिबेला भने बिमानस्थल खुल्ला भएको छ ।

प्रकाशित मिति: २८ भाद्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्