काँग्रेसमा कलह झन् बढ्यो


 


काठमाडौं, फागुन २१

मुख्य विपक्षी काँग्रेसभित्रको कलह झनै बढ्दै गएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जिल्ला उपसभापतिहरूको प्रशिक्षण बहिस्कार गर्ने भएको छ ।
आफ्नो विरोधका बाबजुद पार्टी सभापति शेरबहादुर देउवाले विभागहरू गठन गरेसँगै चिढिएको पौडेल समूहका उपलब्ध केन्द्रीय सदस्य र जिल्ला सभापति र उपसभापतिहरको भेला पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको थियो ।

बैठकले पार्टीको १४ औं महाधिवेशन प्रभावित गर्ने उद्देश्यमा साथ कार्यक्रम राखिएको ठहर गर्दै जिल्ला उपसभापतिहरुको भेला बहिस्कार गर्ने निर्णय लिएको नेता सिंहले बताउनुभयो । ‘१४ औं महिधिवेशनको तिथि मिति तोकिसकेकाले पार्टीमा निर्वाचन आचारसंहिता लागू भइसकेको छ,’ बैठकपछि उहाँले भन्नुभयो , ‘महाधिवेशनलाई प्रभावित गर्ने कुनै पनि काम अब पार्टीबाट गर्नु हुँदैन ।’

चार वर्षसम्म निष्क्रिय रहेका सभापतिले पार्टी कब्जा गर्ने रणनीतिका साथ अहिले विभागहरु गठन गर्ने, जिल्ला उपसभापतिहरुको भेला गर्न थालेको पौडेल समूहको आरोप छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्