म्यानचेस्टर डर्वीमा युनाइटेडको शान


 


काठमाडौं, फागुन २६

इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर डर्वी भिडन्तमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । युनाइटेडले सिटीलाई २–० ले पराजित गरेको हो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमान युनाइटेडको जितमा एन्थोनी मार्सियल र स्कट म्याक टोमिनेले गोल गरे । दुवै गोल पहिलो र दोस्रो हाफमा सम्भव भएको थियो ।

घरेलु टोलीलाई दवावमा राखेपनि सिटीले गोल गर्न नसक्दा पराजित हुन पुग्यो । यस हारले लिभरपुलको उपाधि यात्रा थप मजबुत बनेको छ । सिटी शीर्षस्थानको लिभरपुलसँग २५ अंकले पछि परेको छ ।

सिटीको ५७ तथा शीर्षस्थानको लिभरपुलको ८२ अंक छ । सिटीमाथिको जितसँगै युनाइटेडले प्रिमियर लिगमा शीर्ष चारमा पर्ने सम्भावना बढाएको छ । युनाइटेडको २९ खेलबाट ४५ अंक छ । चौथो स्थानमा रहेको चेल्सीको ५० अंक छ ।

घरेलु मैदानमा खेलको ३०औं मिनेटमा एन्थोनी मार्सियलले ब्रुनो फर्नान्डेजको पासमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । एक गोलले पछि परेपछि सिटीले बल पोजेसन राखेपनि युनाइटेडको बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन पुग्यो । इन्ज्युरी समयको थप गरिएको छैटौ मिनेटमा स्कट म्याक टोमिनेले गोल गर्दै युनाइटेडको जित पक्का गरे ।

प्रकाशित मिति: २६ फाल्गुन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्