म्यानचेस्टर सिटी र आर्सनलबीचको खेल स्थगित


 


काठमाडौं, फागुन २८

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि इङ्लिस फुटबल संघ एफएले बुधबार राति हुने भनिएको म्यानचेस्टर सिटी र आर्सनलबीचको खेल स्थगित गरेको छ।

विश्व खेल जगतलाई दिनानुदिन प्रभावित पारिरहेको यो भाइरसको इङ्ल्यान्डमा परेको यो पहिलो प्रभाव हो। यसअघि इटाली, स्पेन, फ्रान्स, जर्मनीमा पनि खेल स्थगित तथा बिना दर्शक हुँदै आएका छन्।

सिटीको घरेलु मैदान इदिहाद रंगशालामा तय भएको खेल अर्को हप्ताको बीचमा हुने एफएले बताएको छ।

कोरोना भाइरसको संक्रमण देखिएका ओलम्यिाकस र नोटिङ्घम फरेस्टका मालिक इभान्जेलोस मारिनाकिससँग भेटेका आर्सनलका एक प्रतिनिधि रहेका कारण स्वास्थ्य चुनौती रहेकाले खेल स्थगित गरिएको एफएले जानकारी दिएको छ।

सिटीले मारिनाकिसको चाँडो स्वास्थ्य लाभको कामना गर्दै समर्थकलाई यो खेलमा इदिहाद रंगशाला नआउन आग्रह गरेको छ।

प्रकाशित मिति: २८ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्