राष्ट्रिय फुटबल खेलाडी रुगानीलाई पनि कोरोना संक्रमण


 



इटाली
इटालियन राष्ट्रिय फुटबल टोलीका खेलाडी ड्यानियल रुगानी कोरोना भाइरस ९कोभिड(१९०बाट संक्रमित भएका छन् । २५ वर्षीय रुगानीको  रिपोर्ट फजिटिभ आएपनि हालसम्म उनमा कोभिड(१९ को कुनै लक्षण नदेखिएको रुगानीले बताएका छन् ।

उनले ट्विटरमार्फत आफू ठीक अवस्थामा रहेको र आफ्नो खबरले  चिन्तित नहुन शुभचिन्तकहरुलाई आग्रह गरेका छन् । उनले भाइरस जो कोहीलाई नछोड्ने भएकाले सरकारको नियम पालना गर्न सामाजिक सन्जालमार्फत सबैलाई सुझाव दिएका छन्

रुगानी  इटालियन क्लब युभेन्ट्सका खेलाडी हुन् । पछिल्लो पटक यही मार्च ८ मा इन्टरमिलानविरुद्धको खेलमा रुगानी परिवर्तित खेलाडीको रुपमा टोलीबाट खेलेका थिए। 

प्रकाशित मिति: ३० फाल्गुन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्