विश्व फुटबलमा कोरोनाको प्रभाव, प्रतियोगिता धमाधम स्थगित


 


मड्रिड, फागुन ३० एजेन्सी
युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको इंग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियल म्याड्रिडबीचको दोस्रो लेगको खेल स्थगित भएको छ ।

रियलका सबै खेलाडी क्वारेन्टाइनमा रहने भएपछि खेल स्थगित गरिएको हो । दोस्रो लेग सिटीको मैदानमा आगामी मंगलबार रातिको लागि तय थियो । पहिलो लेगमा सिटीले रियलविरुद्ध २–१ को अग्रता बनाएको छ ।

रियलका बास्केटबल खेलाडीमा कोरोना संक्रमण देखिएपछि फुटबल टोलीलाई पनि करिव दुई साता आइसोलेसन वार्डमा राखिदैछ । रियलकै खेलाडीहरु आइसोलेसन वार्डमा रहने भएपछि स्पेनिस ला लिगा आयोजकले स्पेनिस ला लिगाको आगमी दुई चरणको खेल स्थगित गरिसकेको छ ।

चीनबाट सुरु भएको कोरोना कोभिड–१९ भाइरस अहिले विश्वव्यापी रुपमा फैलिएको छ । यस्तै युभेन्ट्स र लियोनबीचको दोस्रो लेग खेल समेत स्थगित भएको छ । दोस्रो लेग खेल मार्च १७ मा युभेन्ट्सको मैदानमा हुने तालिका रहेको थियो । पहिलो लेगमा युभेन्ट्स १–० ले पछि रहेको छ ।

प्रकाशित मिति: ३० फाल्गुन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्