कोरोना त्रासः आइपिएल पनि सर्यो


 


काठमाडौं, चैत १

विश्वभर फैलिरहेको कोरोना भाईरसको कारण आगामी संस्करणको इन्डियन प्रिमियर लिग आइपिएल सरेको छ ।

आईपीएल चैत १६ देखि सुरु हुने भनिएपनि कोरोना भाईरसको कारण सार्नु परेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसिसिआईले जनाएको छ । अव आईपिएल बैशाख ३ देखी सुरुहुने बिसिसिआईले जनाएको छ । आईपिएल दर्शक विनाको खाली स्टेडियममा हुने छ ।

बिसिसिआई अध्यक्ष गांगुली सबै फ्रेन्चाइज टोलीबीचको बैकठपछि आइपिएल सारेको भारतीय इन्डिया टिभिले जनाएको छ । योसँगै अव आइपिएल विदेशी खेलाडी सहभागिता जनाउने छन् । भारत सरकारले वैशाख ३ गते सम्म सबै भिसा बन्द गरेको छ ।

दिल्ली सरकारका उपमुख्यमन्त्री मनीष सिसोदियाले धेरै जनाको समुह जम्मा हुँदा कोरोना भाईरस सर्ने खतरा हुँदा आगमी सुचना नआउन सम्म कुनै पनि खेलकुदका गतिबिधी दिल्लीमा हुन नपाउने बताएका छन् । योसँगै नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित फ्रेन्चाइज टोली दिल्ली क्यापिटल्सले केहि समयका लागि घरेलु मैदानमा खेल्न पाउने छैन ।

विश्व खेलकुदका प्रतियोगिता कोरोना भाईरसको कारण सरेका छन् । भारत र दक्षिण अफ्रिकासँग हुने बाँकी दुई खेल पनि खाली स्टेडियममा हुने भएको छ । त्यस्तै अष्टेलियामा जारी न्युजिल्यान्डसँगको पहिलो वान डे खेल पनि खाली स्टेडियममा भई रहेको छ ।

प्रकाशित मिति: १ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्