विश्व खेलकुदमा कोरोनाको प्रहार, सबै गतिविधि ठप्प


 


काठमाडौं, चैत २ एजेन्सी

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वमा प्राय सबै गतिविधि ठप्प बनेको छ । यसबाट खेलकुदका गतिविधि पनि ठप्प बनेका छन् ।

चीनबाट शुरु भएको यो भाइरस युरोपेली राष्ट्रमा द्रुत गतिमा फैलिएपछि सकिने संघारका रहेको विश्वको चर्चित फुटबल लिगहरु ठप्प भइसकेको छ ।

युइएफए च्यापिम्पयन्स लिग, युरोपा लिग, स्पेनिस ला लिगा, इटालियन सिरी ‘ए’ र इंग्लिस प्रिमियर लिग अप्रिलसम्मका लागि स्थगित भइसकेका छन् । अब यसमा जर्मनीको जर्मन बुन्डेस लिगा र फ्रान्सको फ्रेन्च लिग वान पनि स्थगित भएको छ ।

जर्मन फुटबल लिगले बुन्डेस लिगा आगामी अप्रिल २ सम्मको लागि स्थगित गरिएको जनाएको छ । यस्तै फ्रान्सको लिग डी फुटबल प्रोफेसनलले शुक्रबारबाट सम्पूर्ण खेल स्थगित गरिएको उल्लेख गरेको छ ।

फुटबल मात्र होइन । खेलकुदका अन्य गतिविधि पनि कोरोना भाइरसका कारण ठप्प बनेका छन् । अप्रिल २६ मा तय लन्डन म्याराथन पहिलोपटक स्थगित भएको छ । म्याराथन अब अक्टोवरमा हुनेछ ।

प्रकाशित मिति: २ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्