कुलमान घिसिङ विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक


 


kulman_ghising

काठमाडौं, भदौ २९

सरकारले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्री परिषदको बैठकले घिसिङलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो ।

यस अघिका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले राजिनामा दिएपछि पद रिक्त रहेको थियो । त्यस्तै सरकारले दशैंं तिहारलाई ध्यानमा राखेर असोज १ गतेबाट देशभर सुपथ मुल्य पसलपनि सञ्चालन गर्ने भएको छ यस्ता पसलहरु काठमाडौंका विभिन्न ११ स्थानमा र देशभरिका विभिन्न २५ स्थानमा सञ्चालन गर्ने मन्त्रीपरिषदको बैठक ले निर्णय गरेको छ ।

सरकारले दुर्गम क्षेत्रमा चामलको मुल्य प्रति के जी १० रुपैयाँका दरले घटाउने लगायत सात प्रदेशमा उच्च अदालतको मुकाम तोक्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्