एक साता खेल गतिविधि रोक्न परिषदको आग्रह


 


काठमाडौं, चैत ४

कोरोना भाइरस कोभिड–१९ को जोखिमबाट बच्न राष्ट्रिय खेलकुद परिषद्ले तत्कालका लागि १ हप्ताका खेलकुदसँग सम्बन्धित कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ।

परिषद्का सदस्य सचिव रमेश कुमार शिलवालको अध्यक्षतामा मंगलबार बसेको बैठकले १ हप्ताका लागि खेलकुदसँग सम्वन्धित कुनै पनि प्रतियोगिता, प्रशिक्षण, सभा, सम्मेलन, गोष्ठी, सेमिनारलगायत मानवीय भेला हुने सम्पूर्ण गतिबिधि तत्काललाई एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ।

बैठकले तत्काललाई एक हप्ताका लागि सम्पूर्ण खेल गतिबिधि बन्द गर्ने र त्यस पश्चात परिस्थिती हेरेर निर्णय गरिने जनाएको छ। साथै खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, कर्मचारीहरु, खेलसँग सम्वन्धित ब्यक्तिहरु र आम जनमानसलाई पनि सचेतना अपनाउन परिषदले आव्हान गरेको छ।

प्रकाशित मिति: ४ चैत्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्