कोरोनाबारे आइसोलेसनबाटै प्रियंका सन्देश दिँदै



नयाँदिल्ली, चैत्र ७
बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला कोरोना भाइरसबाट जोगिन ‘सेल्फ आइसोलेसन’ बसेकी छन् । तर पनि उनी चीनबाट सुरु भइ महामारीकोको रुपमा बिश्वव्यापी फैलिएको कोरोना भाइरस(कोभिड–१९) को संक्रमण न्यूनीकरण गर्नेबारे सामाजिक संजालबाट जानकारी दिइरहेकी छन्।

आइसोलेसनबाटै केही भिडिओ सार्वजनिक गर्दै कोरोना बारे सन्देश प्रवाह गर्दैआएकी छन् । बिहीबार आठौँ दिनमा उनले इन्स्टाग्राम र ट्वीटरमा भिडिओ पोस्ट गर्दै आफू बाहिर निस्कन चाहेको र सबैलाई ‘हेलो’ भन्न चाहेको बताएकी छन् ।

‘मलाई आशा छ, तपाईँहरु सबै सुरक्षित हुनुहुन्छ । म आउन चाहन्छु र हेलो भन्न चाहन्छु १ यो एक क्रुर समय हो । र यसले हामी सबैको जीवन उलटपलट पारेको छ ।’ भिडिओमा ३७ वर्षीया प्रियंकाले कोरोनाबाट बच्ने पूर्व सावधानी तरिकाबारे पनि बोलेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News