चलचित्र ‘आकाश वर्षा’को घोषणा, ‘रातो घेरा’को छायांकन सुरु
काठमाडौं । निर्माता जनक घर्ती मगरले चलचित्र ‘आकाश वर्षा’को घोषणा गरेका छन् । टाइटल अनाउन्समेन्ट पोस्टर सार्वजनिक गर्दै जनकले नयाँ चलचित्र निर्माणको घोषणा गरेका हुन् ।
चलचित्रलाई सुदीप भजुले निर्देशन गर्नेछन् । चलचित्रको कलाकार र प्राविधिक केही पनि जानकारी गराइएको छैन । लभस्टोरी जानराको सिनेमाको कथाको परिकल्पनाकार निर्माता जनक स्वयं हुन् । चलचित्रका लेखक भने अमीर मगर रहेका छन् ।
यसैबीच, निर्देशक अनिल बुढा मगरको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘रातो घेरा ः द रेड सर्कल’को छायांकन भक्तपुरबाट सुरु भएको छ । भक्तपुरका विभिन्न ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक लोकेसनमा चलचित्र खिचिनेछ ।
चलचित्रमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर मुख्य भूमिकामा छन् । उनीहरूसँगै सुनील पोखरेल, भोलाराज सापकोटा, माओत्से गुरुङ, कविता आलेलगायतको अभिनय छ ।
चलचित्रको कथा तथा पटकथा राजु स्याङताङले तयार गरेका हुन् । शिशिर बिसंखे छायाकार रहेका छन् । यो चलचित्र ०८३ मंसिर १८ गतेबाट प्रदर्शन हुनेछन् ।
प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार










