कोरोना नियन्त्रण कोषमा वैदेशिक रोजगार व्यवसायीको एक करोड सहयोग



काठमाडौं, चैत १३

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोड आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व सिएसआरअन्तर्गत म्यानपावर व्यवसायीले राखेको नगद धरौटीको २५ प्रतिशत रकमको व्याजबाट प्राप्त हुने रकममध्ये रु एक करोड उक्त कोषमा जम्मा गर्ने निर्णय गरिएको सङ्घका महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिनुभयो । सङ्घले थप रु एक करोड कामदार उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News