माअाेवादी लडाकु शिविरको अनियमितताबारे छानविन सुरु


 


maoist-ladakuकाठमाडाैं, भदाै ३१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लडाकू शिविरमा भएको भनिएको अनियमितताको अनुसन्धान थालेको छ । उसले माओवादीका तत्कालीन जिम्मेवार नेताहरुलाई ३० दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन दिएको छ ।

शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा अख्तियार प्रवक्ता गणेशराज कार्कीले शिविरमा भएको भनिएको भ्रष्टाचारको छानविन तीव्र पारिएको जानकारी दिए । उनका अनुसार तत्कालीन अवस्थामा हस्ताक्षर गर्ने र शिविरका जिम्मेवार नेताहरुलाई ३० दिनभित्र अख्तियारमा उपस्थित हुन भनिएको छ । तर, नाम सार्वजनिक गरेको छैन ।

माओवादी शान्ति प्रक्रियामा आएपछि सात मुख्यसहित विभिन्न शिविरमा राखिएको थियो र लडाकूहरुका लागि नेता कृष्णबहादुर महाराले लिएको पेश्की समेत लामो समय फछ्र्यौट हुन सकेको थिएन । प्रवक्ता कार्कीले अनियमितताको विषयमा छानविन सुरु गरिएको बताए पनि कति अनियमितता भन्ने खुलाएनन्।

प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्