राष्ट्र बैंकद्वारा सहुलियत घोषणा: अहिलेकाे कर्जा असारमा बुझाए हुने


 


काठमाडौं, चेत्र १५
चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसँगै नेपाल लगायत अधिकांश मुलुककाे अर्थतन्त्रमा ठूलो क्षति पुगेको छ। अर्थतन्त्रमा ठुलाे क्षति पुगेकाे भन्दै नेपालमा नेपाल राष्ट्र बैंकले सहुलियत घोषणा गरेको छ ।

जसअनुसार कोरोनाले असर परेका क्षेत्रका ऋणीले चैतमा तिर्नुपर्ने कर्जाको म्याद बढाइएकाे छ। बढाइएकाे म्यादअनुसार अब असार मसान्तमा ऋण तिरे पुग्ने राष्ट्र बैंकले जनाएकाे छ। राष्ट्र बैंकका कार्यबाहक गभर्नर चिन्तामणि शिवाकोटी अब चैतमसान्तसम्म कर्जा तिर्नुपर्ने ऋणिहरुले असार मसान्तसम्म ऋण तिर्न सकिने बताए । यद्यपि तोकिएकै समयमा व्याज तिर्नेहरुको लागि पनि छुट्टै व्यवस्था गरिएको उनले बताए ।

ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न असहज अवस्था आइपरेकाले यस्तो निर्णय गरिएको उनले बताए । ‘चैतमा तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज असार मसान्तसम्म तिरेपनि थप ब्याज तथा जरिवाना लाग्दैन’ शिवाकोटीले भनेका छन् ।

यदि कसैले चैत महिनामा नै तिर्न चाहे उनीहरुले तिर्नुपर्ने ब्याजमा १० प्रतिशत छुट पाउनेछन् । राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रहरुको पहिचान गरी ती क्षेत्रहरुका लागि पुनः विशेष प्याकेज ल्याउन सक्ने पनि बताएको छ । साथै, पुर्नकर्जा कोष ६० अर्बको पुर्‍याउने र पुनर्कर्जा सुविधा बढाउने पनि राष्ट्र बैंक जनाएको छ । यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्नु पर्ने रकम नेपाल सरकार तथा प्रदेश सरकारको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा खर्च गर्न पाउने राष्ट्र बैंकले बताएको छ ।

यस्तो छ राष्ट्र बैंकको निर्देशनः

प्रकाशित मिति: १६ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्